Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जाजरकोट

खलंगा, जाजरकोट

Visit Nepal 2020 - Ministry of Home Affairs

जाजरकोट जिल्ला कर्णाली प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला हाे । यो जिल्ला २८ डिग्री ४९ मिनेट २२ सेकेन्ड देखि ८२ डिग्री ३४ मिनेट ४६ सेकेन्ड पूर्वी देशान्तरसम्म अवस्थित छ । समुन्द्र सतहबाट ६१० मि्‍. देखि ५४३५ मि. सम्म उचाईमा रहेको यो जिल्लाको सिमाना पूर्वमा रुकुम पश्चिम र डोल्पा, पश्चिममा दैलेख र सुर्खेत, उत्तरमा कालिकोट र जुम्ला तथा दक्षिणमा सल्यान र रुकुम पश्चिम पर्दछन । जिल्लाको कुल क्षेत्रफल २२३० वर्ग कि.मि. छ भने २०६८ को जनगणना अनुसार जिल्लाको जनसंख्या १,७१,३०४ रहेको छ । 

नेपालको संघीय राज्य पुनःसंरचना अनुसार हाल यस जिल्लामा ७ वटा स्थानीय तह कायम गरिएको छ । जस मध्ये ३ नगरपालिका र ४ गाँउपालिका रहेका छन् । यस जिल्लाको प्रमुख अार्थिक स्राेत कृषी रहेको छ । जिल्लाको उत्तर पश्चिम क्षेत्रमा काइनाईट र टुरमालिन जस्ता बहुमुल्य पत्थर पाईन्छन् । जाजरकोट जलस्राेतमा धनी जिल्ला हो । यँहा राष्ट्रियस्तरको नलसिंगाड जलविद्युत परियोजना संचालनको क्रममा छ । त्यस्तै जाजरकोट डोल्पा, जाजरकोट जुम्ला तथा मध्यपहाडी लोकमार्गको निर्माण पछी यो जिल्ला एउटा व्यापारिक केन्द्रको रुपमा विकास हुने देखिन्छ ।