Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जाजरकोट

खलंगा, जाजरकोट

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, जाजरकोट

खलंगा, जाजरकोट

मिति २०७८।०१।२२ गते निषेधाज्ञाकाे समयमा गरिएकाे बजार अनुगमन

1 महिना अगाडी

2078-01-22


IMG_20210505_080320.jpg तस्बिर : मिति २०७८।०१।२२ गते निषेधाज्ञाकाे समयमा गरिएकाे बजार अनुगमन

विश्वाव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को नयाँ भेरिएन्ट सहितको संक्रमण तिब्र रुपमा बढ्दै गैरहेको अवस्थालाई गम्भीरता पूर्वक लिदै यस जिल्लाभर मिति २०७८।०१।१८ गते राति १२ बजे देखि मिति २०७८।०१।२५ गते राति १२ बजे सम्मका लागि प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञाको आदेश जारी भएको अवस्थामा निषेधाज्ञाको प्रभावकारी रुपमा पालना भए नभएको, अत्यावश्यक उपभोग्य सामानहरुको कृतिम अभाव भए नभएको, मूल्य वृद्धि भए नभएको, कालो बजारी वा जम्माखोरी भए नभएको, कहि कतैबाट आपूर्तिमा अवरोध भए नभएको सम्बन्धमा यस कार्यालयको नेतृत्वमा सम्बन्धीत वडाका वडा अध्यक्ष, उद्योग बाणिज्य संघका अध्यक्ष, भेरी न.पा.का प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायहरु सहितको संयुक्त्त बजार अनुगमनको क्रममा जिल्ला स्थित भेरी न.पा. ३ को ठाटी र भेरी न.पा. ४ को गैरिखाली वजार क्षेत्रमा रहेका अति आवश्यक वस्तु सेवा विक्रिवितरण गर्ने १७ वटा पसलहरुको अनुगमन गर्ने क्रममा सामान्य अवस्था रहेको पाईयो ।
यस विपद्को समयमा जिल्लामा कुनै कामकारवाहीका सम्बन्धमा कुनै गुनासो एवं उजुरी भएमा यस कार्यालयमा प्रमाण सहित जानरकारी गराई सहयोग गरिदिनु हुन समेत सरोकारवाला सबैमा अनुरोध गर्दछौ ।