Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Jajarkot

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Jajarkot

Wednesday, Ashadh 10, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Introduction

पौराणिक कालमा कर्णाली भेगमा (हाल जुम्ला जिल्लाको सिंजा क्षेत्रमा) खस जातीका मल्ल राजाहरूले एउटा विशाल राज्यको स्थापना गरेको जाजरकोट सदरमुकाम पाईन्छ । अहिलेको जाजरकोट जिल्लाको क्षेत्रपनि त्यसताका सोहि राज्यमा थियो । धेरै राजाहरूले राज्य गरिसकेपछि ई.स. १८३३ ताका जुम्ला राज्य टुक्रिएर स साना बाईसे चौबिसे राज्यको उदय भएको थियो । सोहि समयमा शाके सम्वत १३००–१४५५ को आसपासमा भेरी नदीको पश्चिमी किनारा स्थित जगतीपुरलाई जगतीसिंह भन्ने राजाले राजधानी बनाई जाजरकोटमा राज्य सञ्चालन गरेका थिए । ईतिहास अनुसार त्यतिबेलाको जाजरकोट एउटा साम्राज्यको रूपमा विकसित भएको साथै त्यसको सिमाना जुम्लाबाट दक्षिण गंगा नदीसम्म, पश्चिममा दैलेख र पुर्वमा गण्डकी नदीसम्म फैलिएको थियो । पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेको बेलामा समेत जाजरकोटलाई हमला नगरी छुटै राज्यको रूपमा मान्यता दिएको र राज्य रजौटा ऐन २०१७ अनुसार पनि जाजरकोटी राजाको अस्तित्व कायम रहेको अभिलेखबाट देखिन्छ । यस जिल्लाको सिमाना पूर्व:– रुकुम जिल्ला, पश्चिम:– दैलेख, जुम्ला र कालिकोट जिल्ला, उत्तर:– डोल्पा र जुम्ला जिल्ला र दक्षिण:– सल्यान र सुर्खेत जिल्ला पर्दछन् ।

यो इतिहास विकिपिडियाबाट साभार गरिएको हो।

नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्ला अवस्थित छ । भौगोलिक क्षेत्रको हिसावले मध्य पहाडी क्षेत्रमा पर्ने यो एक उच्च पहाडी जिल्ला हो । राजनीतिक रुपमा यस जिल्लामा ३ नगरपालीका र ४ गाउँपालिकामा विभाजित छ  भने जम्मा ७७ वडा रहेका छन्।

जाजरकोट जिल्लाको संक्षिप्त परिचय:
क) भौगोलिक अवस्था
अक्षांश देशान्तर क्षेत्रफल उचाई हावापानी सिमाना
तापक्रम वर्षा पूर्व पश्चिम उत्तर दक्षिण
२८ डिग्री ३७ “२२“ उत्तरदेखि २९ डिग्री ०७ “२२“ उत्तरसम्म ८१ डिग्री ४९ “२२“ पूर्वदेखि ८२ डिग्री ३४ “४६“ पूर्वसम्म २२२३.३६ वर्ग कि.मी. समुद्र सतहबाट ६१० मीटरदेखि ५४१२ मीटरसम्म न्यूनतम् ८ डि.से. देखि अधिकतम् ३४ डि.से. सम्म ० मि.मि. देखि वार्षिक १८६८.५ मि.मि. रुकुम र डोल्पा सुर्खेत र दैलेख जुम्ला र कालीकोट सल्यान र रुकुम

ख) निर्वाचन क्षेत्र: प्रतिनिधि सभा १, प्रदेश सभा २

ग) जनसंख्या विवरण ः (२०६८ को जनगणनानुसार)
जम्मा जनसंख्या (१७१३०४) महिला ( ८५७६७) पुरुष ( ८५५३७) घरधुरी संख्या ( ३०४७२ ) धर्म प्रमुख ५ (हिन्दु, बौद्ध, क्रिश्चियन, मस्लिम) जातजाती प्रमुख ५ ( क्षेत्री, मगर,कामी, ब्राह्मण, ठकुरी) मातृभाषा (नेपाली, मगर, नेवारी, थारु)

 


Last Updated : 2083-03-05 16:49:25

© All Rights Reserved to District Administration Office, Jajarkot .